दफा १५०
यात्रीको बीमा
(१) तोकिएको बाटोमा यातायात सेवा सञ्चालन गर्ने सवारी धनी वा व्यवस्थापकले यात्रा गर्ने प्रत्येक यात्रीको तोकिएको रकमको दुर्घटना बीमा गराउनु पर्छ ।
(२) सवारी दुर्घटनाबाट यात्रीको अङ्गभङ्ग भएमा अङ्गभङ्ग भए बापतको दुर्घटना बीमाको रकम निजले पाउनेछ र सो दुर्घटनाबाट निजको मृत्यु भएमा निजको नजीकको हकवालाले सो बापत पाउनु पर्ने दुर्घटना बीमाको रकम पाउनेछ ।
(३) उपदफा (१) बमोजिम यात्रीको बीमा नगराई यातायात सेवा सञ्चालन गर्दा कुनै सार्वजनिक सवारी दुर्घटनाग्रस्त भई त्यसमा यात्रा गरिरहेका कुनै पनि यात्रीलाई कुनै पनि किसिमको हानि नोक्सानी भएमा निजले पाउनु पर्ने उपदफा (१) बमोजिमको बीमा रकम निज वा निजको हकवालालाई सवारी धनी वा व्यवस्थापकले क्षतीपूर्ति बापत दिनु पर्छ ।